विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो « Khabarhub

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि शानदार जित निकालेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले स्लोभाकियाको पोस्टमा ६ गोल गरेको हो । स्लोभाकियाले भने जवाफी गोल गर्न सकेन।

खेलको १८ औं मिनेटमा निक वोल्टेमाडेको गोलमा अग्रता लिएको जर्मनीका लागि २९ औं मिनेटमा सेर्ज ग्राब्रीले अग्रतालाई दोब्बर बनाए । उसका लागि पहिलो हाफमै थप दुई गोल लिरोय सानोले २६ र ४१ औं मिनेटमा गरे ।

पहिलो हाफमा ४–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि खेलको ६७ औं मिनेटमा रिडले बाकुले पाँचौ गोल गरे भने ७९ औं मिनेटमा अस्सान ओएद्रागोले गोल गर्दै ६–० को शानदार जित निश्चित गरेका हुन् । यो जितसँगै जर्मनी २०२६ को विश्वकपमा छनोट भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ४६ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया