विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो « Khabarhub

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि शानदार जित निकालेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले स्लोभाकियाको पोस्टमा ६ गोल गरेको हो । स्लोभाकियाले भने जवाफी गोल गर्न सकेन।

खेलको १८ औं मिनेटमा निक वोल्टेमाडेको गोलमा अग्रता लिएको जर्मनीका लागि २९ औं मिनेटमा सेर्ज ग्राब्रीले अग्रतालाई दोब्बर बनाए । उसका लागि पहिलो हाफमै थप दुई गोल लिरोय सानोले २६ र ४१ औं मिनेटमा गरे ।

पहिलो हाफमा ४–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि खेलको ६७ औं मिनेटमा रिडले बाकुले पाँचौ गोल गरे भने ७९ औं मिनेटमा अस्सान ओएद्रागोले गोल गर्दै ६–० को शानदार जित निश्चित गरेका हुन् । यो जितसँगै जर्मनी २०२६ को विश्वकपमा छनोट भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ४६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा