बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन « Khabarhub

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्‍याइयाे । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका  एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन ।

लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार छ । प्राविधिक गडबडी, बाढीपहिरो र चट्याङका कारण घरको धारामा पानी आउन नसकेको सुस्सावासीको भनाइ छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था सुम्सावासीको छ ।

लिफ्टमार्फत सम्पन्न खानेपानी आयोजना दिगो नहुँदा आँगनमा धारा हुँदासमेत खानेपानी बोक्नुपर्ने अवस्थामा पुगेको सुम्साका स्थानीय कोपिला थापाले बताइन् । उनका अनुसार आँगनको धारामा असारयता पानी नआएको दुखेसो पोखे ।

‘सुम्सामा खानेपानीको समस्या आजको होइन, मुहान नहुँदा हिउँदमा त खानेपानीको चरम सङ्कट थियो, खानेपानीको मुहान नहुँदा नेवा र जैमिनी नगरपालिकाको सहयोगमा गाउँमुनिको कालीगण्डकी छेउबाट पानी ल्याएर धारामा खस्यो’, उनले भनिन्, ‘लिफ्ट योजनाको भर नहुनेरहेछ, कहिले चट्याङले विद्युतका उपकरण बिग्रन्छन् त कहिले पहिरोका कारण खानेपानीको पाइप बगाउँछ, पाँच महिना भयो धारामा खानेपानी आउँदैन, गाग्रीमा मानडाँडाबाट आएको मुहानको पानी बोक्छौँ, समस्या पहिलाको जस्तै भयो ।’

२०७६ मा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटकपटक समस्या आएपछि स्थानीय चिन्तित छन् । सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीनपटक समस्या आइसकेको बताइन् ।

उनले पहिराले मुहानको संरचना बगाएपछि बनाएको भए पनि पछिल्लो समय पहिरोका कारण खानेपानीको पाइप बगाउँदा पुनः समस्या भएको बताइन् । ‘आयोजना सम्पन्न नहुँदै मुहान बाढीले बगायो, पुनर्निर्माण गरेपछि खानेपानी आयो, पछि चट्याङका कारण ट्रान्समिटर जल्यो, अहिले पहिराले पाइप बगाएपछि खानेपानी आएको छैन, नगरपालिकाले समेत मर्मत गरेको थियो, तर लिफ्ट योजना दिगो नहुनेरहेछ’, पुनले भनिन् ।

आयोजनामा समस्या आएपछि नगरपालिकाले चार लाख ६५ हजार खर्चेर मर्मत गरी चलाएको भए पनि अहिले पुनः समस्या भएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिए । उनले विद्युतको भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताए । उनले विद्युतमा एकरूपता ल्याउन सबस्टेशन चाहिने रहेछ, त्यसका लागि पहल भइरहेको बताए ।

सुम्सावासीले मानडाँडाको मुहानको पानी पालो पर्खेर गाग्रीमा बोकेर गुजारा चलाउँदै आएका छन् । लाखौँ खर्चेर बनाइएको योजना खेर जान नदिने नगरपालिकाको भनाइ छ । नगरपालिकाले आयोजनाको दिगोपनाका लागि काम गर्ने नगरप्रमुख पुनले बताए । (रासस)

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ०२ बजे

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली–  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय