आहा ! फुङ्फुङ्गे झरना « Khabarhub

आहा ! फुङ्फुङ्गे झरना


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । 

पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए । 

उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ ।

आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ ।
 
यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङ्गे झरनासम्बन्धी तस्बिर तथा भिडियो पोष्ट हुन थालेपछि पर्यटक अझ आकर्षित भएका छन् ।

सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको फुङ्फुङ्गे झरनालाई जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न निरन्तर पहल भइरहेका छन् । 

सङ्घ प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवर्द्धनको योजनाअन्तर्गत विभिन्न संरचनासमेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको झरनामा भ्रमण गर्न आएका सिरिजङ्घा गाउँपालिका कुमार माबोले जानकारी दिए । 

झरनाको सौन्दर्यीकरणका रूपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ । 

अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङ्गे झरनास्थलसम्म पर्यटकको यात्रा सहज भएको छ । सङ्घीय सरकारबाट झरनाको सौन्दर्यीकरण योजनामा एक करोड रुपैयाँ बजेटसमेत खर्च भएको छ ।

झरनाबाट झरेको पानीको बाफमा नुवाउनेस्थल बनाएमा अझ राम्रो हुने आन्तरिक पर्यटक तथा सिरिजङ्घा गाउँपालिकाका स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग)को भनाइ छ । 

उनका अनुसार यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई स्थानीय उत्पादनका परिकारको स्वाद दिन सकेमा स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीले राम्रो आम्दानी लिनसक्ने बुढाक्षेत्रीले बताए ।
 
विगतका समयमा भन्दा अहिले यस क्षेत्र धेरै विकास भएको झरनाको अवलोकन गर्न पुगेकी फुङ्लिङ नगरपालिकाका सानुमाया लिम्बूले बताइन् । 

हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छभने क्रमशः अन्य होटल पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।

झरना प्रचारप्रसार गर्न आउँदो मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघुउद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताए ।

उनका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई रु तीन लाख दुई हजार ८२ र उपविजेतालाई एक लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ । 

फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउअनुसार घोषणा गरिएको रकमबराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कारस्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

मेला सम्पन्न गर्न करिव १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले जानकारी दिए । 

स्थानीय क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, निर्माण व्यवसायी, स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट आर्थिक सहयोग सङ्कलन गरी मेला आयोजना गरिएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ४९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने