पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी « Khabarhub

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो ।

नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गाना तथा पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् ।

यस कार्यालयअन्तर्गत दुई स्थायी चेकपोष्ट निर्धारण गरिएको छ । एउटा चेकपोष्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (अन्तर्राष्ट्रिय चेकपोष्ट) र अर्को चेकपोष्ट मुस्ताङको कोरला (सीमा चेकपोष्ट)मा रहेको पशु क्वारेन्टाइन कार्यालय पोखरामा प्रमुख डा. किरण पाण्डेले बताए ।

उनले कोरलानाकाबाट आयातनिर्यात निरन्तर रूपमा बढिरहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालन हुन गइरहेको परिवेशमा कार्यालय स्थापना गरिएको हो । ‘गण्डकी प्रदेशमा पशुपन्छी, पशुपन्छीजन्य उत्पादन, पशुपन्छी उत्पादन सामग्रीमार्फत रोग भित्रिन नदिन, रोगको सम्भावित सङ्क्रमणलाई कम गर्न तथा रोगको प्रभावकारी नियमन गर्न कार्यालय खुलेको हो’, कार्यालय प्रमुख पाण्डेले भने ।

पशु क्वारेन्टाइन कार्यालयमार्फत पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

कार्यालय शुभारम्भका अवसरमा पशु सेवा विभागका उपमहानिर्देशकद्वय डा. सुलोचना श्रेष्ठ र डा. प्रेरणा सेढाईँ भट्टराई, राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डे, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा गृष्म न्यौपानेलगायतको सहभागिता थियो । (रासस)

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ११ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु