काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलको बैठक बस्न लागेको हो ।
एमालेका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनस्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप सशक्त बनाउन दलको बैठक बोलाइएको हो । विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनस्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने छन्।
संसद् विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा सांसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिए ।













प्रतिक्रिया