बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण दिने « Khabarhub

बाग्मती सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण दिने


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रसुवा– बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । 

जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निर्ब्याजी ऋण रकम उपलब्ध गराउने बताए। उनले सो कार्यक्रममा युवाहरू सहभागी भइदिन आग्रह गरे। 

दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए। जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न सभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो । सहभागीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचना गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढीपहिरो जस्ता विपद्का घटना भइरहने र त्यस्ता विपद्को समस्या समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदा सदरमुकामबाहिर कार्यालय रहेका कार्यालय प्रमुखहरूले बेवास्ता गर्ने गरेको बताए।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले रसुवा र नुवाकोटको विकासमा हातेमालो गरी जनहितका काम अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले चिलिमे जलविद्युत्ले जिल्लालाई प्रदान गर्ने रोयल्टी रकमबाट कुनै प्रतिफल नपाएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दा माझ ल्याउन, पर्यटन प्रवर्द्धन अगाडि बढाउन आग्रह गरे ।     

जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति-संस्थालाई जिल्ला सभाले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका अधिकृतस्तर छैटौँ तहमा कार्यरत रामकृष्ण न्यौपाने, नौकुण्ड गापा–४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो गापा–३ का वडा सचिव छोवाङदोर्जे तामाङ, श्रेणीविहीन पदमा कार्यरत जिल्ला समन्वय समितिका जयराम देवकोटा, गोसाइँकुण्ड गाउँपालिकाका नुर्पु घले रहेका छन्भने संस्थातर्फ चिलिमे जलविद्युत् आयोजना र माथिल्लो मैलुङ जलविद्युत् आयोजना रहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : २६ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति