औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित नेपाल औषधी व्यवसायी संघले औषधी व्यवस्था विभागमा प्रदर्शन गरेको छ । व्यवसायीहरूले ‘केही नेपाल संशोधन ऐन २०८२’ मा पसल दर्ता एवं नवीकरण सन्दर्भमा गरिएको व्यवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरूले नेपालको संविधान २०७२ को धारा १७ (२) च ( अधिकार र स्वतन्त्रता), धारा ३३ ( रोजगारीको हक) र धारा २० (८) (न्याय पाउने अधिकार) ले प्रत्येक नागरिकलाई समान अवसर, न्याय र संरक्षणको अधिकार सुनिश्चित गरेको दाबी गर्दै प्रशासनिक ढिलाइ वा न्यूनतम त्रुटिका कारण आम व्यवसायीको जीविकामाथि प्रत्यक्ष प्रहार गर्ने व्यवस्था संविधानको आत्म विपरीत छ रहेको बताएका छन्। 

‘उक्त प्रावधानले संविधानको धारा १८(१) मा उल्लेखित समानताको अधिकार तथा धारा २५(१) अन्तर्गतको निजी सम्पत्तिको संरक्षण अधिकार समेत उल्लङ्घन गर्दछ र व्यवसाय रद्द हुनु भनेको व्यवसायीको सम्पत्ति र जीविकामाथि अवैध प्रहार हो,’ उनीहरूले भनेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : ०२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले