चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक « Khabarhub

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले गतिलो सुरूवात गरेको छ।

ओपनरद्वय चल्दा कर्णालीले आफूलाई गतिलो स्कोरतिर लगेको हो । कर्णालीलाई गतिलो स्कोरतिर लाने क्रममा प्रियंक पञ्चलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका कर्णालीका प्रियांकले २८ बलमा ४ चौका र तीन छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।

खेल ११ ओभरमा आइपुग्दा कर्णालीले ब्याटिङको राम्रो लय समातेको छ । उक्त ओभरमा ८४ रन जोड्दै एक विकेट मात्रै गुमाएको छ ।

कर्णालीका ओपरनद्वय प्रियंका र म्याक्स ओ डाउडले ६१ रनको साझेदारी गरेका थिए ।

यो साझेदारी चितवनका बलर सैफ जैबले भंग गरेका हुन् । उनले पहिलो विकेटकारुपमा म्याक्सलाई ८ ओभर ५ बलमा आउट गरेका हुन् ।

जारी सिजनमा अर्धशतक प्रहार गर्ने प्रियंका दोस्रो खेलाडी हुन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्सका आशिफ शेखले काठमाडौं गुर्खाजविरुद्ध सिजनको पहिलो अर्धशतक प्रहार गरेका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर