ठूला खेलमैदान निर्माणमा ढिलाइ « Khabarhub

ठूला खेलमैदान निर्माणमा ढिलाइ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तम्घास– यहाँका दुई ठूला खेलमैदान निर्माणमा ढिलाइ भएको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो । 

प्रथम सहिद लखन थापाको नामबाट आर्थिक वर्ष २०७५-७६ देखि अम्मरपुरमा ‘सहिद लखन थापा अन्तर्राष्ट्रिय खेलमैदान’ निर्माण सुरु गरिएको थियो । सुरुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तीन करोड लागतमा माटो काट्ने, पर्खाल लगाउने, दूबो रोप्नेलगायत काम गरिएको थियो । 

२०७६ सालपछि २५ लाख र ५० लाख गरी कुल ७५ लाखको काम गरिएको इन्जिनियर माधव देवकोटाले बताए । हाल खेलमैदानमा दूबो रोप्ने, पर्खाल लगाउने काम भइरहेको छ । 

इञ्जिनियर देवकोटाका अनुसार हाल बजेट अभावले काम सम्पन्न गर्ने समयबारे कुनै टुङ्गो छैन । राष्ट्रिय खेलकुद परिषद्सँग खेलमैदान गाउँपालिकाको स्वामित्वमा गराउने प्रयास गरेपनि असफल भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताए। 

‘हाम्रो स्वामित्वमा काम गर्छौँ भनेको राखेपले स्वीकृति दिएन’, उपाध्यक्ष कुँवरले भने, ‘काम हामीले गर्न पनि प्रक्रियागत झन्झटले भएन, राखेपले पनि गरेन ।’ 

उनले एउटा खेलकुद कार्यक्रम आयोजना गर्दापनि निर्माण व्यवसायी र राखेपले बाधा जनाएपछि अलमल भएको बताए। झण्डै एक अर्ब लागत अनुमान गरिएको उक्त खेलमैदान ५०५ मिटर लम्बाई र ६८ मिटर चौडाईसहित कभर्डहल र स्वीमिङ पुलसहित निर्माण गर्ने गरी  विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको थियो । 

त्यसैगरी सदरमुकाम तम्घासको चिदिचौर खेलमैदान निर्माणमा पनि ढिलाइ भएको छ । बहुवर्षीय आयोजनाको रूपमा रहेको खेलमैदान निर्माण व्यवसायीले काम नगर्दा ढिलाइ भएको हो । मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राख्दा मैदान थप कुरुप बनेको छ । सार्वजनिक खरिद ऐन–२०६३ अनुसार कुनै पनि आयोजना सुरु गर्नु पहिले त्यसबारे सूचना पाटी राख्नुपर्ने व्यवस्था छ । 

करिब एक करोडको बहुवर्षीय आयोजनाको काम गर्दासमेत चिदिचौरमा कुनै सूचना पाटी राखिएको छैन । चिदिचौर खेल मैदानको पुनर्निर्माणका लागि एक करोड लागतमा रामेछाप कन्स्ट्रक्सनले २०८२ वैशाखमा जिम्मा पाएको थियो । काम सक्नुपर्ने म्याद २०८३ असारसम्म छ । 

हालसम्म ५० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले कम गुणस्तरका सामग्री ल्याएपछि नगरपालिकाले त्यसलाई फिर्तासमेत गरेको थियो । अब पनि समयमै काम गरे एक महिनामै सकिन्छ । तर निर्माण कम्पनीले काममा ढिलाइ गर्दै आएको छ । 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४१ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने