कोलम्बियामा अपहरणमा परेका १५ बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

कोलम्बियामा अपहरणमा परेका १५ बालबालिकाको मृत्यु


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीकाबीच अपहरणमा परेका १५ जना बालबालिकाको मृत्यु भएको छ । सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरूको मृत्यु भएको हिजो अधिकारीहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गरेका थिए। कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ । ती बालबालिकाहरूको उमेर सार्वजनिक गरिएको छैन ।

यसैबीच, कोलम्बियाको नेसनल इन्स्टिच्युट अफ लिगल मेडिसिन एन्ड फरेन्सिक साइन्सेजले सोमबार नै अगस्ट २४ मा दक्षिण–मध्य ग्वाभियर विभागमा भएको एक सैन्य आक्रमणका क्रममा तीन नाबालिगको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

सेना र अभियोजकहरूले अक्टोबर १० मा १९ गुरिल्ला सदस्य र सात बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणबारे संयुक्त छानबिन सुरु गरेको जानकारी दिएपछि राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै भने, ‘सबै नाबालिगहरू अपराधी समूहहरूद्वारा जबर्जस्ती भर्ती गरिएका थिए, जसले उनीहरूलाई सीधै वैमनस्य र युद्धको मैदानमा धकेलेको थियो ।’

कोलम्बियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले अपहरणमा परेका बालबालिकाहरूको सुरक्षाका लागि सेना तथा सुरक्षाकर्मीहरूले सकेसम्म सबै उपाय अपनाउनुपर्नेमा जोड दिँदै नाबालिगहरूको मृत्यु भएको घटनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । रिपोर्टहरूअनुसार कोलम्बियामा औसतमा प्रत्येक दुई दिनमा एक नाबालिगलाई छापामार समूहहरूले अपहरण गरी लडाकूका रूपमा तालिम दिने गरेका छन् ।

राष्ट्रपति पेट्रोले सैनिकहरूको ज्यान जोगाउनका लागि आक्रमणको आदेश दिइएको बताएका छन् । उनले बालबालिकाहरूको ‘दुःखद क्षति’ प्रति गहिरो समवेदना व्यक्त गरेका छन् र ‘मैले यो पीडा आफ्नै अन्तस्करणमा बोकेको छु’ भन्दै पीडित आमाहरूसँग क्षमायाचना गरे ।

तर उनले २०१६ को शान्ति सम्झौतापछि निरस्त्रिकरण गर्न अस्वीकार गरी पुनः सक्रिय भएका फार्कका असन्तुष्ट समूहहरूलाई लक्षित सैन्य कार्यवाही रोक्न लोकपालको कार्यालयले गरेको अनुरोध भने अस्वीकार गरे ।

अभियोजनकर्ताहरूका अनुसार सन् २०१९ देखि २०२३ सम्म विभिन्न सशस्त्र समूहहरूले एक हजार १०० भन्दा बढी बालबालिकालाई अपहरण गरेका छन् । सन् १९९६ देखि २०१६ सम्म यो सङ्ख्या २३ हजार ८०० पुगेको थियो, जसले कोलम्बियामा दशौँ वर्षदेखि जारी हिंसा र बालअधिकार संकटको गम्भीरता झनै उजागर गर्दछ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : ०४ बजे

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं–  सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई-मधेसमा सम्भावित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४

आयोगको टोलीले हिरासतमा भेट्यो प्रसाईंलाई, मानवअधिकारको सम्मान गर्न सरकालाई आग्रह

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अनुगमन,

वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा

ब्रसेल्स- युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च

प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू)

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा