काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले गतिलो स्कोर बनाउने अवस्थामा पुगेको छ।
ओपनिङ ब्याटर प्रियांक पञ्चल चलेपछि कर्णालीले चितवन राइनोजलाई दबाबमा राखेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीका प्रियंकाले अर्धशतक पूरा गरे ।
प्रियांकले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा ९० रन बनाउँदै आउट भए । प्रियांक छक्का प्रहार गर्ने कोसिसमा बाउन्ड्री नजिकै समातिँदै सिजनकै पहिलो शतक बनाउनबाट १० रनले चुके ।
प्रियंकाको ब्याटिङ चितवनका बलरसामु हाबी भएको थियो । चितवनका रवि ओभपारले उनलाई क्याट आउट गराएका हुन् । प्रियांक आउट भएसँगै चितवनले राहतको स्वास फेरेको छ ।
खेल १५ ओभरमा ४ बलमा आइपुग्दा कर्णाली २ विकेटको क्षतिमा १२४ रनको जोडेको अवस्था छ ।
कर्णालीले सुरुवातदेखि नै उत्कृष्टि ब्याटिङको लय समातिरहेको छ । ओपनरद्वय प्रियंका र म्याक्स ओुडाउडले ६१ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटका रुपमा म्याक् २० रन जोडेर ८ ओभर पाँच बलमा आउट भए । उनको विकेट चितवनका सैफ जैबले लिएका हुन् ।
अहिले चितवनलाई विकेटको खाँचो छ । सहज लक्ष्यका लागि कर्णालीको विकेट लिन आवश्यक देखिन्छ ।













प्रतिक्रिया