सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी « Khabarhub

सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

देवदह– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताएका छन् ।

उनले संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताए। 

आज भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकारीले संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने बताए। 

‘सबैको सहमतिमा यो विषम परिस्थितिलाई सामान्य बनाउँदै भयरहित वातावरणमा निर्वाचन निष्पक्ष बनाउने कुरामा ‘अर्ली इलेक्सन’ को पक्षमा छौँ, अहिलेको निकास यही हो,’ उनले भने।

अधिकारीले नेकपा (एमाले) को ११औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले सबैको आकाङ्क्षा र इच्छाहरू सम्बोधन गर्ने र उपयुक्त वातावरणमा सही ढङ्गले सबैलाई ‘सरप्राइज’ दिनेगरी महाधिवेशन सम्पन्न हुने उल्लेख गरे।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : ३३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र