गुलाबको फूल बोकेर चुनावमा जाँदै विप्लव, नाम पनि ‘जनयुद्ध’कालीन नेकपा (माओवादी) राखियो « Khabarhub

गुलाबको फूल बोकेर चुनावमा जाँदै विप्लव, नाम पनि ‘जनयुद्ध’कालीन नेकपा (माओवादी) राखियो


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।

विप्लवले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएका थिए । तर नेकपाले आधिकारिकता पाउन सकेको थिएन ।

तर विप्लवले उही जनयुद्धकालीन नेकपा नेकपा (माओवादी) नाम राखेर पार्टी दर्ता गराएका हुन् । उनको दल नेकपा माओवादीलाई मंगलबार नै आयोगले दर्ताको प्रमाण पत्र दिँदैछ ।

निवेदन दिँदा विप्लवले नेकपा नाम नै राख्न भनेका थिए । तर आयोगमा दर्ता हुँदा सशस्त्र द्वन्द्वकालीन नेकपा (माओवादी) नै कायम भएर प्रमाणपत्र दिन लागिएको हो ।

विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिने भएको छ। चन्दको दलको केन्द्रीय समिति एक सय ५ सदस्य रहेको छ। महासचिवमा चन्द र प्रवक्तामा खड्कबहादुर विश्वकर्मालाई राखिएको छ। स्थायी कमिटीमा ६ सदस्य तोकिएको छ । पोलिटब्युरो २५ सदस्यीय छ ।

विप्लव नेतृत्वको नेकपा (माओवादी) केन्द्रीय समितिमा १६ जना कालिकोटका, १२ जना रोल्पाका र ५ जना कपिलवस्तुका छन्। १०५ केन्द्रीय समितिमा ३५ जना महिला र १६ जना दलित अटेका छन् ।

निर्वाचन आयोगमा बुझाइएको सूचीमा १०५ सदस्यीय केन्द्रीय समिति
१. महासचिव – नेत्रबहादुर चन्द ‘विप्लव’
२. प्रवक्ता – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’

स्थायी समिति सदस्य
३. सन्तोषकुमार बुढामगर ‘विषम’
४. छबिलाल सापकोटा ‘अनिल शर्मा’
५. उमा भुजेल ‘शिलु’
६. भरतबहादुर बम ‘रणवीर’

पोलिटब्युरो सदस्य
७. देवानराज राई
८. नन्दबहादुर बुढामगर
९. माइला लामा
१०. बालाराम थापा
११. भेषराज भुसाल
१२. चुडामणि वली
१३. अम्मरसिंह झाँक्री
१४. केशबहादुर बाँठा
१५. सावित्रा गुरुङ दुरा
१६. खुमा सुवेदी
१७. क्षेत्रबहादुर घिमिरे
१८. एटम बीसी
१९. नवीनकुमार विश्वकर्मा
२०. बलबहादुर ओली
२१. चन्द्रबहादुर खड्का
२२. बन्धु चन्द
२३. राजुप्रसाद पौडेल
२४. देवनारायण शाह
२५. कान्छाराम तामाङ

केन्द्रीय समिति सदस्य:
२६. पूर्णजीत पुन
२७. चन्द्रबहादुर बुढाथोकी
२८. नहकुलबहादुर शाही
२९. टेकबहादुर पुन
३०. पदम केसी
३१. सुन्दरकुमार वली
३२. बालकृष्ण शर्मा
३३. रंगवीर परियार
३४. धिरेन्द्रा उपाध्याय
३५. विवेक कुमाल
३६. कमानकिरण नकाल
३७. तीर्थबहादुर राई
३८. सदर ओली
३९. बत्र्येबहादुर राई
४०. सम्झना घर्ती
४१. कर्णबहादुर भण्डारी
४२. दण्डविक्रम विश्वकर्मा
४३. सुमनसिंह पौडेल
४४. खगेश्वर केसी
४५. सीता विक
४६. दीपराज श्रीर्पाली
४७. देवकुमार साँवा
४८. धनबहादुर बोगटी
४९. सञ्जीव नेपाली
५०. दलबहादुर खत्री
५१. देबराज गुरुङ
५२. त्रिलोचन विश्वकर्मा
५३. लालसिंह थिङ
५४. भीमसेन घिमिरे
५५. मनिकर्ण केसी
५६. प्रदीपबहादुर वली
५७. गणेश बोगटी
५८. शक्ति विक
५९. कलम सिंह
६०. देवबहादुर थापा
६१. बेगबहादुर बुढा
६२. दानबहादुर फडेरा
६३. राजकुमारी शाही
६४. चिरञ्जीवी ढकाल
६५. बलबहादुर बुढा
६६. राम घलान
६७. हिक्मतबहादुर मल्ल
६८. मीनादेवी धामी
६९. चन्द्रबहादुर बुढा
७०. जनकबहादुर बिष्ट
७१. शेखर शर्मा
७२. जीतबहादुर लामा
७३. कृष्णहरि सैजु
७४. शोभा दुलाल
७५. सन्तोषी विक
७६. लक्ष्मी तामाङ (प्रधान)
७७. उमा घर्ती (घिमिरे)
७८. सुशीला विक
७९. विपनादेवी मल्ल
८०. सन्तोषी महर्जन
८१. सुनिता राई
८२. गुमानी गर्बुजा
८३. पवित्रा विक
८४. कमलादेवी कन्दहवा
८५. दिर्शानाकुमारी शाही
८६. जानकी चौधरी
८७. ममिता रुचाल
८८. सीता शाह
८९. कल्पना रोकाया
९०. वसन्ती जिसी
९१. कान्छी चौधरी
९२. लक्ष्मी सार्की
९३. अविसरा खड्का
९४. पवित्राकुमारी विक
९५. रोशनी आङ्बो
९६. कल्पना चनारा
९७. रुकुमणी पुडासैनी (गौतम)
९८. उषा पाठक
९९. तारा सञ्ज्याल (रावल)
१००. मेघबहादुर ढकाल
१०१. रामलाल विक
१०२. यमलाल कटवाल
१०३. मुनिलाल ऐडी
१०४. सुकमाया विक

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : ४९ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा