आयोगको टोलीले हिरासतमा भेट्यो प्रसाईंलाई, मानवअधिकारको सम्मान गर्न सरकालाई आग्रह « Khabarhub

आयोगको टोलीले हिरासतमा भेट्यो प्रसाईंलाई, मानवअधिकारको सम्मान गर्न सरकालाई आग्रह


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अनुगमन, अभिव्यक्ति स्वतन्त्रतामा संवेदनशील हुन सरकारलाई आग्रह

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ प्रकरणबारे अनुगमन गरेको छ ।

आयोगको टोली मंगलबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको कार्यालयमा पुगेर अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा सरकारलाई गम्भीर हुन आग्रह गरेको हो।

आयोगको टोलीले शुक्रबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईंसहित सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेटघाट गरी विवरण संकलन गरेको छ।

आयोगले प्रसाईंलाई बिहीबार राति करिब १२:३० बजे भक्तपुरको सानो ठिमीस्थित उनको निवासबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको जनाएको छ।

प्रहरीको प्रतिवेदनअनुसार उनलाई सार्वजनिक शान्ति सुरक्षाविरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको आयोगले जनाएको छ। उनलाई पक्राउ तथा थुनुवा पूर्जीसमेत दिइएको पाइएको आयोगले जनाएको छ। प्रसाईंको स्वास्थ्य अवस्था सामान्य रहेको पनि आयोगले भनेको छ।

आयोगले चुनाव घोषणा भइसकेको संवेदनशील समयमा देशमा शान्ति सुरक्षाको अवस्था कायम राख्नु सरकारको प्राथमिकता हुने बताएको छ । शान्ति सुरक्षामा सहयोग गर्नु नागरिकको पनि कर्तव्य भएको आयोगले उल्लेख गरेको छ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा मानव अधिकारको सम्मान र संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख छ।

तर, केवल विचार वा अभिव्यक्तिका कारण व्यक्तिलाई पक्राउ गर्नु मानवअधिकारको मापदण्डविपरीत हुने भन्दै त्यसतर्फ सरकारलाई संवेदनशील बन्न आयोगले निर्देशन दिएको छ।

यस्तै, देशको शान्ति सुरक्षामा असर पार्ने अभिव्यक्ति वा गतिविधि नगर्न आयोगले राजनीतिक दल, अभियन्ता र आम नागरिकलाई पनि आग्रह गरेको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : २७ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने