दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट « Khabarhub

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलरहरुले लय समात्दा जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोज दबाबमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले खेल ९ ओभर दोस्रो बलमा पुग्दा तीन विकेट गुमाएको हो । उनी ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन जोड्दै आउट भएका हुन् ।

ओपनर डेविड मलान र ब्याटर देव खनाल आउट भए पनि दीपकले चितवनको ब्याटिङलाई उकास्दै थिए । उनलाई कर्णालीका युवराज खत्रीले क्याच आउट गराएका हुन् ।

लक्ष्य ठूलो भएकाले चितवनका ब्याटरहरले कमाल गर्नुपर्ने देखिन्छ । तर, सुरुवाती क्रममा ब्याटरहरु सस्तैमा पवेलियन फर्किएपछि चितवनमा ब्याटिङ धर्मराएको हो ।

कर्णालीका युनिश सिंहले एकै चौथो ओभरमा दुई विकेट लिए । ३ ओभर पहिलो बलमा ओपनर डेविड मलानलाई गुमाएको हो ।

डेविडले ६ बल एक चौकाको सहयोगमा ६ रन मात्रै जोडे । उक्त ओभरमा पाँचौ बलमा अर्का ब्याटर देव खनाल आउट भएका हुन् । देवले दुई बलमा दुई रन मात्रै जोडे ।

खेल १० ओभरमा पुग्दा चितवनलाई जितको लागि ६० बलमा ९८ रन आवश्यक छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : ३५ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी