विघटित प्रतिनिधिसभाको एमाले सम्बद्ध सदस्यको बैठक सुरु « Khabarhub

विघटित प्रतिनिधिसभाको एमाले सम्बद्ध सदस्यको बैठक सुरु


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक सुरु भएको छ ।

पछिल्लो राजनीतिक घटना, संसद् पुनस्र्थापनालगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो । 

सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले संसद् पुनर्स्थापनाका लागि आफूहरू सर्वोच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू पनि सहभागी छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : २२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र