चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कर्णाली ४ विकेटले पराजित « Khabarhub

चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कर्णाली ४ विकेटले पराजित


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा चितवन राइनोज ४ विकेटले विजयी भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर कर्णालीले बनाएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले १० ओभरमा १ बलमा ६ विकेटको क्षतिमा १७१ रन बनाएको हो ।

चौथो ओभरको पहिलो बलमा डेविड मलान र यही ओभरको पाँचौ बलमा ब्याटर देव खनाल आउट भएपछि चितवनको ब्याटिङ दबाबमा गएको थियो ।

तथापि ओपनर दीपक बोहोराले ९ ओभरको दोस्रो बलसम्म ओपनर दीपक खड्काले ब्याटिङ सम्हाले । उनी ३६ बलमा ६ चौका १ छक्काको सहयोगमा ४२ रन जोडेर आउट भए ।

उनी आउट भएपछि सैफ जैब र रवि भोपाराले ब्याटिङ उकासे । सैफले १६ बलमा ३८ रन जोडेर जितका लागि महत्वपूर्र्ण योगदान गरे । उनले २ चौका र ४ छक्का प्रहार गरे ।

भोपारा आजको जितको निर्णाय ब्याटर हुन् । उनी चौथो ओभरको अन्तिम बलमा क्रिजमा पसेका उनी १८ ओभरको अन्तिम बलसम्म टिके । उनले ३६ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५२ रन जोडे । उनी चितवनको जितको सर्वाधिक रनकर्ता हुन् ।

चितवनका कप्तानसमेत रहेका कुशल मल्लले १५ बलमा २ छक्काको सहयोगमा २० रन जोडे । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा कमजोर देखिएको चितवनले ब्याटिङमा भने सन्तोषजनक प्रदर्शन गरेको हो ।

बलिङतर्फ राष्ट्रिय टिमका स्टार खेलाडी गुल्सन झासमेत फितलो देखिए । उनले दुई ओभर बलिङ गर्दा २१ रन खर्चिए । उनी कर्णालीका खर्चिला बलर देखिए ।

सोमपाल कामी र युनिस सिंहले दुई–दुई विकेट लिए । सोपालले कप्तान कुशल र शैफ जैबको महत्त्वपूर्ण विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिए ।

१९ वर्षीय युनिसले डेविड मलान र देव खनालको महत्त्तपूर्ण विकेट लिए । उनले यी दुई ब्याटरलाई दोहोर रन बनाउन नदिइ सस्तैमा पवेलियन फर्काए ।

१८ वर्षिय युवराज खत्रीले चितवनका दोस्रो ठूलो रनकर्ता तथा ओपनर दीपक बोहोराको विकेट लिए । तीन ओर बलिङ गर्दा उनले २६ रन खर्चिए ।

नन्दन यादव चितवनका बलर सामु निरीह बने । तीन ओभर एक बल बलिङ गर्दा उनले विकेटविहीन रहेर ३३ रन खर्चिए ।

कर्णालीका मार्क वाट चितवनका सर्वाधिक रनकर्ता रवि भोपाराको विकेट लिए । तथापि उनी खर्चिला बलर नै सावित भए । चार ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : १६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र