चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कर्णाली ४ विकेटले पराजित « Khabarhub

चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कर्णाली ४ विकेटले पराजित


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा चितवन राइनोज ४ विकेटले विजयी भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर कर्णालीले बनाएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले १० ओभरमा १ बलमा ६ विकेटको क्षतिमा १७१ रन बनाएको हो ।

चौथो ओभरको पहिलो बलमा डेविड मलान र यही ओभरको पाँचौ बलमा ब्याटर देव खनाल आउट भएपछि चितवनको ब्याटिङ दबाबमा गएको थियो ।

तथापि ओपनर दीपक बोहोराले ९ ओभरको दोस्रो बलसम्म ओपनर दीपक खड्काले ब्याटिङ सम्हाले । उनी ३६ बलमा ६ चौका १ छक्काको सहयोगमा ४२ रन जोडेर आउट भए ।

उनी आउट भएपछि सैफ जैब र रवि भोपाराले ब्याटिङ उकासे । सैफले १६ बलमा ३८ रन जोडेर जितका लागि महत्वपूर्र्ण योगदान गरे । उनले २ चौका र ४ छक्का प्रहार गरे ।

भोपारा आजको जितको निर्णाय ब्याटर हुन् । उनी चौथो ओभरको अन्तिम बलमा क्रिजमा पसेका उनी १८ ओभरको अन्तिम बलसम्म टिके । उनले ३६ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५२ रन जोडे । उनी चितवनको जितको सर्वाधिक रनकर्ता हुन् ।

चितवनका कप्तानसमेत रहेका कुशल मल्लले १५ बलमा २ छक्काको सहयोगमा २० रन जोडे । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा कमजोर देखिएको चितवनले ब्याटिङमा भने सन्तोषजनक प्रदर्शन गरेको हो ।

बलिङतर्फ राष्ट्रिय टिमका स्टार खेलाडी गुल्सन झासमेत फितलो देखिए । उनले दुई ओभर बलिङ गर्दा २१ रन खर्चिए । उनी कर्णालीका खर्चिला बलर देखिए ।

सोमपाल कामी र युनिस सिंहले दुई–दुई विकेट लिए । सोपालले कप्तान कुशल र शैफ जैबको महत्त्वपूर्ण विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिए ।

१९ वर्षीय युनिसले डेविड मलान र देव खनालको महत्त्तपूर्ण विकेट लिए । उनले यी दुई ब्याटरलाई दोहोर रन बनाउन नदिइ सस्तैमा पवेलियन फर्काए ।

१८ वर्षिय युवराज खत्रीले चितवनका दोस्रो ठूलो रनकर्ता तथा ओपनर दीपक बोहोराको विकेट लिए । तीन ओर बलिङ गर्दा उनले २६ रन खर्चिए ।

नन्दन यादव चितवनका बलर सामु निरीह बने । तीन ओभर एक बल बलिङ गर्दा उनले विकेटविहीन रहेर ३३ रन खर्चिए ।

कर्णालीका मार्क वाट चितवनका सर्वाधिक रनकर्ता रवि भोपाराको विकेट लिए । तथापि उनी खर्चिला बलर नै सावित भए । चार ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : १६ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली