राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रलाई विजेताका रूपमा चित्रण गर्न खोजियो : महासचिव पोखरेल « Khabarhub

राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रलाई विजेताका रूपमा चित्रण गर्न खोजियो : महासचिव पोखरेल


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरूलाई विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका छन् । 

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विघटित संसद्को नेकपा एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेलले जेन-जी आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षडयन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरूलाई राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्नेमा विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका हुन् ।

उनले योजनाकारहरूलाई कडा कारबाही गर्नुपर्नेमा राज्यले उन्मुक्ति दिने तर्फ अघि बढेको भन्दै गम्भीर असहमति रहेको उल्लेख गरे ।

संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत रहेको भन्दै त्यसलाई सच्चाउनुपर्ने एमालेको मुख्य माग रहेको उनले बताए ।

उनले वर्तमान सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने दाबी गरे । महासचिव पोखरेलले आन्दोलनमार्फत पार्टीको एजेन्डा जनतामाझ स्थापित गर्दै एमालेलाई सबल शक्तिका रूपमा उभ्याउनु आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ३० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र