राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रलाई विजेताका रूपमा चित्रण गर्न खोजियो : महासचिव पोखरेल « Khabarhub

राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रलाई विजेताका रूपमा चित्रण गर्न खोजियो : महासचिव पोखरेल


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरूलाई विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका छन् । 

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विघटित संसद्को नेकपा एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेलले जेन-जी आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षडयन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरूलाई राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्नेमा विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका हुन् ।

उनले योजनाकारहरूलाई कडा कारबाही गर्नुपर्नेमा राज्यले उन्मुक्ति दिने तर्फ अघि बढेको भन्दै गम्भीर असहमति रहेको उल्लेख गरे ।

संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत रहेको भन्दै त्यसलाई सच्चाउनुपर्ने एमालेको मुख्य माग रहेको उनले बताए ।

उनले वर्तमान सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने दाबी गरे । महासचिव पोखरेलले आन्दोलनमार्फत पार्टीको एजेन्डा जनतामाझ स्थापित गर्दै एमालेलाई सबल शक्तिका रूपमा उभ्याउनु आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ३० बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन