घरजग्गा कारोबार : असोज महिनाको तुलनामा बढ्यो लिखत पारित, पुँजीगत लाभकर भने ४ महिनाकै कमजोर « Khabarhub

घरजग्गा कारोबार : असोज महिनाको तुलनामा बढ्यो लिखत पारित, पुँजीगत लाभकर भने ४ महिनाकै कमजोर


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को कात्तिक महिनामा असोज महिनाको तुलनामा घरजग्गा कारोबारको लिखत पारित बढेको छ । भूमि व्यवस्थापन विभागको तथ्यांकअनुसार असोज महिनाको तुलनामा ५ हजार बढी संख्याले घरजग्गाको लिखत पारित संख्यामा वृद्धि भएको हो ।

विभागका अनुसार कात्तिक महिनामा २८ हजार ३८३ वटा लिखत पारित भएको छ । जबकि चालु आवको साउन महिनामा ३१ हजार ६२१, भदौ महिनामा २७ हजार ४९४ र असोज महिनामा २३ हजार ३५३ वटा लिखत पारित भएको थियो ।

कात्तिक महिनामा घरजग्गाको लिखत पारित संख्या सन्तोषजनक भए पनि पुँजीगत लाभकर र राजस्व आम्दानी भने चालु आवकै कमजोर हुन पुगेको छ । 

विभागका अनुसार सरकारले घरजग्गा कारोबारमार्फत कात्तिक महिनामा पुँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ भने २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ जम्मा राजस्व आम्दानी गरेको छ ।

सरकारले चालु आवमा घरजग्गा कारोबारबाट पुँजीगत लाभकरमार्फत साउन महिनामा १ अर्ब १९ करोड ११ लाख ९९ हजार ७३८ रुपैयाँ, भदौ महिनामा १ अर्ब २० करोड ९२ लाख २९ हजार ९५५ र असोज महिनामा १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५ सय ३७ रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, सरकारले चालु आवमा घरजग्गा कारोबारमार्फत साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ, भदौ महिनामा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३५५ र असोज महिनामा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : २६ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने