अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ « Khabarhub

अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सांसदहरूले कुख्यात करोडपति यौन शिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न बाध्य पार्ने विधेयक एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउने तयारी गरेका छन् । 

यस कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पले आधुनिक अमेरिकाको सबैभन्दा विवादास्पद केस फाइलहरू मध्ये एक ढाकछोप राख्ने प्रयासलाई अस्वीकार गर्दै नयाँ मोड ल्याएको छ  ।

हप्तौँसम्म चलेको प्रतिरोध, पर्दाअघि र पछाडिका दबाब तथा सामग्री सार्वजनिक नगर्न उन्मत्त लबिङका बाबजुद राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो अवरोध हटाउन बाध्य भएको संकेत दिएका थिए । करिब १०० भन्दा बढी रिपब्लिकन सांसदहरू नै ट्रम्पको आग्रहविपरीत फाइल सार्वजनिक गर्न तयार भएपछि परिस्थितिले उनको पक्ष कमजोर बनाएको थियो ।

अब प्रतिनिधि सभाले एपस्टेन सम्बन्धी अपरेशन, उनको गतिविधि र सन् २०१९ मा हिरासतमा भएको मृत्युसम्बन्धी सरकारी कागजातहरूको अवर्गीकृत विवरण सार्वजनिक गराउने यो विधेयक पारित गर्ने लगभग निश्चित देखिएको छ ।

 सांसदहरूका अनुसार एक हजारभन्दा बढी सम्भावित पीडितहरूको मुद्दामा जनतालाई सत्य बुझ्ने पूर्ण हक छ । ट्रम्प समर्थक कार्यकर्ताहरूले पनि यो कागजातले डेमोक्रेटिक तथा अन्य उच्च तहका व्यक्तिहरू लामो समयदेखि जाँचबाट जोगिएको दाबी पुष्टि गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अझै पनि फाइल रोक्न विभिन्न उपाय खोज्न सक्ने भए पनि सिनेटमा विधेयक रोकेर वा प्रतिनिधि सभामा पारित भएपछि भिटो गरेर यसको मार्ग अवरुद्ध गर्नु अहिले अत्यन्त गाह्रो देखिन्छ । मध्यावधि निर्वाचन नजिकिँदै गर्दा जनभावना पारदर्शिताको पक्षमा खुलेर उभिएको अवस्थामा यस्तो कदम राजनीतिक रूपमा जोखिमपूर्ण हुने आकलन गरिएको छ ।

यस प्रकरणले रिपब्लिकन नेतृत्वभित्र दुर्लभ दरार पनि उजागर गरेको छ । सुरुमा फाइल सार्वजनिक गर्न उत्साहित देखिएका नेता माइक जोनसन पदभार सम्हाल्नेबित्तिकै पछि हटेका थिए । डेमोक्रेटहरूले उनलाई ‘धोका’ दिएको आरोप लगाए भने एपस्टेन फाइल सार्वजनिक गर्न दबाब दिने राजनीतिक व्यक्तित्वमाथि पनि आरोप–प्रत्यारोप चलेका थिए ।

ट्रम्पले आइतबार ट्रुथ सोसल मा सार्वजनिक गरेको पोस्टमार्फत आफ्नो अडान फिर्ता लिँदै हाउस रिपब्लिकनहरूले फाइल सार्वजनिक गर्न मतदान गर्नुपर्ने बताएका थिए-‘किनकि हामीसँग लुकाउन केही छैन ।’ 

सोमबार ओभल अफिसमा पत्रकारहरूले सोध्दा उनले विधेयक सिनेट हुँदै आएमा हस्ताक्षर गर्न आफू ‘पक्षमा’ रहेको बताए। तर यो सबै धेरैले ट्रम्पको अनुहार जोगाउने प्रयास मात्र भएको व्याख्या गरिरहेका छन्, किनकि आफ्नै पार्टीभित्रको विद्रोहले उनलाई पछि हट्न बाध्य पारेको देखिएको छ ।

सदनमा सबै डेमोक्रेट तथा चार रिपब्लिकन सांसदले ‘डिस्चार्ज पिटिशन’ मा हस्ताक्षर गरी मतदान प्रक्रियालाई बाध्यतापूर्वक अघि बढाए । यो निकै दुर्लभ र शक्तिशाली संसदीय उपाय मानिन्छ । हाउस नेतृत्वले यसलाई रोक्न कडा प्रयास गरे पनि अन्ततः सफल हुन सकेन ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ३३ बजे

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना

प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले

तस्बिरमा हेर्नुहोस्, पोखरा र विराटनगरको प्रतिस्पर्धा 

काठमाडौं– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा. गौतमको आग्रह

काठमाडौं– आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह