अन्तरिम सरकारबारे ओलीको टिप्पणी : बाघको छालामा स्यालको रजाइँ जस्तै « Khabarhub

अन्तरिम सरकारबारे ओलीको टिप्पणी : बाघको छालामा स्यालको रजाइँ जस्तै


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखेको छ।

उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्दैछन्।

बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमाथि कडा प्रहार गरेका छन् ।

उनले यो सरकार आएपछि देशलाई आर्थिक, सामाजिक, राजनीतिक हरेक हिसाबले देशलाई पछाडि धकेल्न खोजिएको बताए । उनले यो सरकारले ‘बाघ छालामा स्यालको रजाइँ’ जस्तो गतिविधि गरिरहेको बताए ।

‘अहिलेको सरकार भनेको बाघको छालामा स्यालको रजाइँ जस्तै हो’, उनले भने, ‘अहिले देशलाई राजनीति ,सामाजिक ,आर्थिक रुपले पछाडि धकेल्न खोजिएको छ । देश दोबाटोमा उभिए छ । देशको स्वाधीनता, स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा जानेकी विनास र बर्बादीको बाटोमा लैजाने यो महत्त्वपूर्ण प्रश्न हो ।’

उनले देशमा अहिले भ्रष्टाचार बढेको पनि आरोप लगाए । ‘देशमा भ्रष्टाचार अहिले बढेको छ । देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो । अहिले गलत तरिकाले ‘नेपो बेबी’ भनेर बच्चाबच्चीमा त्रास फैल्याइएको छ’, उनले भने, ‘त्यो बालबालिकाविरोधी अपराध हो । उनीहरूलाई मानसिक दबाब दिइयो । बाबुआमाले भ्रष्टाचार गरेका रहेछन् भने पनि बालबालिकाको के दोष ?’

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ३८ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र