जेन-जी आन्दोलनका घटनाको जिम्मा लिनु भन्नेहरूलाई ओलीले दिए पार्टी विरोधीको संज्ञा « Khabarhub

जेन-जी आन्दोलनका घटनाको जिम्मा लिनु भन्नेहरूलाई ओलीले दिए पार्टी विरोधीको संज्ञा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा दमन र हताहतीको जिम्मा आफूले लिनपुर्छ भन्नेलाई पार्टीविरोधीको संज्ञा दिएका छन् ।

गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा संसदीय दलको बैठकलाई मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधनका क्रममा ओलीले उनले कसैलाई शरण दिनुको अर्थ देश भत्काउने नभएको पनि बताएका छन् । ‘कसैलाई शरण दिनु भनेको उसलाई देश भत्काउने, आगो लगाउने अधिकार दिनु होइन’, उनले भने ।

ओलीले जेन-जी आन्दोलनका क्रममा भएको दमनपछिको विध्वंश र आगजनीको जिम्मेवारी लिन नसक्ने पनि बताए ।

‘भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको घटनाको जिम्मा लिनुपर्छ भनेहरू पार्टी विरोधी र नेतृत्व विरोधी हुन्’, उनले भने, ‘यो सरकार बनायो कसले ? जनताले त बनाएको होइन । यो अन्तरिम सरकार टेलिफोन र डिस्कर्डबाट बनेको हो ।’

उनले कुनै पनि सरकार राजनीति र चुनावबाट बन्ने बताए । ‘सरकार त राजनीतिबाट बन्छ । चुनावबाट बन्छ । त्यसैले अहिलेको अन्तरिम सरकार असंवैधानिक छ’, ओलीले भने ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ४७ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित