जेन-जी आन्दोलनका घटनाको जिम्मा लिनु भन्नेहरूलाई ओलीले दिए पार्टी विरोधीको संज्ञा « Khabarhub

जेन-जी आन्दोलनका घटनाको जिम्मा लिनु भन्नेहरूलाई ओलीले दिए पार्टी विरोधीको संज्ञा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा दमन र हताहतीको जिम्मा आफूले लिनपुर्छ भन्नेलाई पार्टीविरोधीको संज्ञा दिएका छन् ।

गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा संसदीय दलको बैठकलाई मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधनका क्रममा ओलीले उनले कसैलाई शरण दिनुको अर्थ देश भत्काउने नभएको पनि बताएका छन् । ‘कसैलाई शरण दिनु भनेको उसलाई देश भत्काउने, आगो लगाउने अधिकार दिनु होइन’, उनले भने ।

ओलीले जेन-जी आन्दोलनका क्रममा भएको दमनपछिको विध्वंश र आगजनीको जिम्मेवारी लिन नसक्ने पनि बताए ।

‘भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको घटनाको जिम्मा लिनुपर्छ भनेहरू पार्टी विरोधी र नेतृत्व विरोधी हुन्’, उनले भने, ‘यो सरकार बनायो कसले ? जनताले त बनाएको होइन । यो अन्तरिम सरकार टेलिफोन र डिस्कर्डबाट बनेको हो ।’

उनले कुनै पनि सरकार राजनीति र चुनावबाट बन्ने बताए । ‘सरकार त राजनीतिबाट बन्छ । चुनावबाट बन्छ । त्यसैले अहिलेको अन्तरिम सरकार असंवैधानिक छ’, ओलीले भने ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ४७ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र