शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ « Khabarhub

शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभाका नेकपा एमाले संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्दैछन्।

फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकिएको अवस्थामा एमालेले विघटित संसदीय दलको बैठक डाकेको हो। ओलीले नहुने चुनावतिर नलाग्ने भनिरहेका बेला दल दर्तासम्बन्धी तयारी निर्वाचन आयोगमा अघि बढाइँदै आएको छ।

बैठकमा महासचिव शंकर पोखरेलले सरकार, शान्ति सुरक्षा र संसद् पुनस्थापनाको सवालमा कडा टिप्पणी गरे।

उनले संसद् पुनर्स्थापनका लागि बल बढाउन यो बैठक आयोजना गरिएको बताएका छन् । उनले सरकारले शान्ति सुरक्षा कामय गर्दा प्रधानमन्त्रीले नै जिम्मा लिनुपर्ने भनाइलाई गलत भनेका छन् ।

पोखरेलले विगतका न्यायिक नजिरहरूले पनि संसद पुनस्थापना आवश्यक देखाउने भएकाले यही बिन्दुबाट राजनीतिक सुधार सुरू हुनुपर्ने बताए ।

उनले सम्बोधनका क्रममा संविधानले नचिनेको प्रधानमन्त्रीले संसद विघटन गरेको हुँदा यो निर्णय पहिलो दृष्टिमै गलत भएको दाबी पनि गरे । यो बैठकमा आगामी राजनीतिक कदम र चुनावी तयारीबारे पनि कुरा हुँदैछ ।

पोखरेलले के भने ?

१. शान्ति सुरक्षा कायम गर्ने क्रममा सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले नै जिम्मा लिनुपर्ने भन्ने धारणा सही होइन।
२. जेन–जीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समाधान गर्न नसक्ने र देशलाई अगाडि होइन पछाडि धकेलिरहेको आरोप।
३. संसद् पुनस्थापनामा बल पुर्‍याउनका लागि संसदीय दलको बैठक आवश्यक भएको उल्लेख।
४. संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेको हुँदा यो निर्णय पहिलो दृष्टिमै गलत भएको दाबी।
५. विगतका न्यायिक नजीरहरूले पनि संसद् पुनस्थापना आवश्यक देखाउने भएकाले यही बिन्दुबाट राजनीतिक सुधार सुरू हुनुपर्ने विचार।
६. चुनावको कुरा गर्ने नै चुनाव हुनेमा विश्वस्त नभएको टिप्पणी गर्दै, एमाले भने नहुने चुनावको पैरवीमा नउत्रिने सन्देश।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ०० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा