अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने  « Khabarhub

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र प्रशिक्षण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाएको छ। अब पठाओमा राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण  र अनिवार्य परीक्षा पास गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्न ब्लूबुक, सवारी चालक अनुमति पत्र  र तेस्रो पक्ष बीमा अनिवार्य छन्। आवश्यक कागजात पठाओ ड्राइभ एपमार्फत अपलोड गरेपछि कम्पनीले त्यसको प्रमाणीकरण गर्छ, जुन २४ घण्टाभित्र पूरा हुने बताइएको छ।

खाता प्रमाणीकरण भएपछि इच्छुकले एपमै उपलब्ध अनलाइन प्रशिक्षण लिनुपर्नेछ। प्रशिक्षणपछि लिइने अनलाइन परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएमा भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन मिल्नेछ।

परीक्षा सफलतापूर्वक पास गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौता पत्र पठाइनेछ र हस्ताक्षर गरेपछि मात्र आधिकारिक रूपमा पठाओ राइडरका रूपमा सेवा सञ्चालन गर्न पाइनेछ। हमालका अनुसार, सुरक्षा र पेशागत सेवाको मानक कायम गर्न यो प्रणाली अपरिहार्य बनेको छ।

कम्पनीको तथ्यांक अनुसार, पहिलो प्रयासमै लगभग ८५ प्रतिशत आवेदक परीक्षा पास गर्छन्। साथै, सक्रिय पठाओ राइडरहरूले मासिक औसत ४०–५० हजार रुपैयाँसम्म आम्दानी गरेको पनि पठाओले जनाएको छ।

यो नयाँ प्रणालीले राइडर छनोट प्रक्रियालाई डिजिटल, पारदर्शी र सुरक्षामुखी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : ५८ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु