पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक « Khabarhub

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ब्याटर मार्टिन गुप्टिल र लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर मार्टिनले २८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ४ छक्का र घ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।

पोखराले ओपनर जर्ज मुन्सेको विकेट दोस्रो ओभरको दोस्रो बलमा लिएपछि मार्टिन क्रिजमा आएका थिए ।

त्यसैगरी अर्का ब्याटर लोकेश बमले पनि खेलमा अर्धशतक बनाएका छन् । उनले ३७ बलमा अर्धशतक बनाएका हुन् ।

जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने मार्टिन चौथो र लोकेश पाँचौँ खेलाडी हुन् ।

दुवैजनाले ताजा अवस्थामा समान ६०/६० रन बनाएर विराटनगरको स्कोर उच्च अंकतिर लगिरहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : १६ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी