विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य « Khabarhub

विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले पोखरा एभेन्जर्सलाई अहिलेसम्मकै उच्च २२१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको हो ।

यो एनपीएल इतिहासकै उच्च रन हो । पहिलो सिजनको सातौ खेलमा लुम्बिनी आयन्सले विराटनगर किङसलाई नै १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले १९३ रनको बनाउँदै उक्त लक्ष्य पूरा गरेको थियो ।

विराटनगरले मंगलबारको खेलमा अर्को कीर्तिमान पनि राखेको छ । यो सिजनमा एक खेलमा एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्दै कीर्तिमान कायम गरे । विराटनगरका ओपनर लोकश बम र ब्याटर मार्टिन गुप्टिलले पोखराविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

यो कीर्तिमानी लक्ष्य प्रस्तुत गर्न विराटनगरका लोकेशले ४८ बलमा ७२ रन जोडे । उनले ७ छक्का र एक चौका प्रहार गरे । उनी आजको खेलको विराटनगरका सर्वाधिक रनकर्ता हुन् । मार्टिनले भने ३५ बलमा तीन चौका पाँच छक्का प्रहार गर्दै ६१ रन जोडे ।

विराटनगरका ब्याटरसामु पोखराका बलरहरू चल्न सकेनन् । यो खेलमा पोखराका बलरहरूले १० चौका र १७ छक्का खेप्नपर्‍यो  । 

पोखराका म्याट टेलर चार ओभर बलिङ गर्दा दुई विकेट लिए भने ४८ रन खर्चिए । उनले बरिस अहमद र जर्ज मुन्सेको विकेट लिए । 

पोखरका कप्तान कुशल भुर्तेलले विराटनगरका सर्वाधिक रनकर्ता लोकेशको विकेट लिए । तीन ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए । सागर ढकालले विराटनगरको अर्को महत्त्वपूर्ण विकेट लिए अर्थात् मार्टिन गुप्टिललाई आउट गराए । उनले चार ओभर बलिङ गर्दा ४० रन खर्चिए । 

डान डाउथवेटले तीन ओभर बलिङ गर्दा विकेटरहित बनेर ३० रन खर्चिए । जेम्स निशक विराटनगरका खर्चिला बलर हुन् । उनले दुई ओभर बलिङ गर्दा २२ रन खर्चिए, विकेट भने लिन सकेनन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ५९ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक