एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ « Khabarhub

एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएईमा यही मङ्सिर ५ गते (नोभेम्बर २१) देखि सुरु हुन लागेको एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरे । उनले नेपाली खेलाडी कुनै पनि देशका खेलाडीभन्दा कमजोर नरहेको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट नतिजा आउने विश्वास प्रकट गरे ।

अध्यक्ष चन्दले नेपाली क्रिकेटको भविष्य यिनै उदाउँदा युवा प्रतिभाहरूकै काँधमा रहेकाले समर्थन र सहयोगका लागि क्यान सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली यु–१९ टोलीका कप्तान अशोक धामीले टोलीका सबै खेलाडीले लामो समयदेखि कडा परिश्रम, अनुशासन र समर्पणसहित प्रतियोगिताको तयारी गरेको बताउँदै एसिसी यु–१९ प्रिमियर कप जित्ने लक्ष्यसहित युएई प्रस्थान गर्न लागेको बताए ।

नेपाल क्रिकेट सङ्घका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि १४ जना खेलाडीको बिदाइ गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ०८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६