मधेशका सभामुखविरुद्ध परेको अविश्वासको मत अघि बढाउन उपसभामुखले डाकिन् प्रदेश सभा « Khabarhub

मधेशका सभामुखविरुद्ध परेको अविश्वासको मत अघि बढाउन उपसभामुखले डाकिन् प्रदेश सभा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशमा सभामुखविरूद्ध परेको अविश्वास प्रस्ताव अघि बढाउन उपसभामुखले प्रदेश सभा बैठक आह्वान गरेकी छन्।

उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख रामचन्द्र मण्डलविरूद्ध परेको प्रस्तावमा प्रदेश सभामै छलफल अघि बढाउन बैठक बोलाएकी हुन्।

प्रदेशसभा सदस्यहरूलाई मंसिर ३ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने जानकारी एसएमएस मार्फत गराइएको छ।

बैठकमा सभामुखले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने जानकारी आएको प्रदेशसभा सदस्यहरुले जानकारी दिएका छन्।

उपसभामुखले बैठकअघि बिहान १० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक राखेकी छन्।

प्रदेशसभा कार्य सञ्चालन नियमावलीअनुसार सभामुखविरुद्ध परेको प्रस्तावमाथि छलफल अघि बढाउन ७ दिनको समयावधि तोकिएको हुन्छ। यसअनुसार बुधबार यसका लागि अघि बढाउने अन्तिम दिन हो।

प्रदेश सभा सचिवालयले भने यसबारे कुनै सूचना सार्वजनिक गरेको छैन। सभामुखका निजी सचिव बलराम मण्डलले मंसिर ३ मा प्रदेशसभा बैठक बस्ने बारे जानकारी नभएको बताए।

पदीय मर्यादाविपरीत काम गरेको भन्दै ७ दलका ६४ जना प्रदेश सांसदको समर्थनमा सभामुख मण्डलविरूद्ध २७ कात्तिकमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।

नेपालको संविधान, २०७२ र प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ बमोजिम प्रदेशसभाको सभामुखले प्रदेशसभा बैठक कुनै दलको प्रभावबिना संसदीय मूल्यमान्यता तथा नियमावली बमोजिम सञ्चालन गर्नुपर्ने हुन्छ।

तर सभामुख मण्डलले एक दलको निर्देशन बमोजिम पटक पटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना पनि सभा सञ्चालन गरेको, २०८२ कात्तिक २ गतेको प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको तथा अन्य प्रदेशसभा सदस्यलाई रोस्ट्रम प्रयोग गर्न दिएको, मुख्यमन्त्रीलाई समेत रोस्ट्रम प्रयोग गर्न नदिएर पद अनुकूल आचरण नगरेको प्रस्तावमा उल्लेख छ।

उनीहरूले प्रदेशसभामा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० को उपनियम ९१० बमोजिम प्रस्ताव पेस गरेका थिए। जसमा सभामुखलाई पदीय अनुकूल आचरण सम्बन्धी प्रस्ताव दर्ता गराउने व्यवस्था छ। सभामुखविरूद्ध अविश्वास प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

अविश्वासको प्रस्ताव दर्ता गर्न जाँदा सभामुख मण्डलले नै सांसदहरूलाई हातपात गरेको र उपसभामुखको कार्यकक्षमा थुनेको आरोप लागेको थियो।

पछि प्रहरी आएर उनीहरूलाई रिहा गरेको थियो।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ०३ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको