छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठजना पक्राउ « Khabarhub

छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठजना पक्राउ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘राहदानी विभाग त्रिपुरेश्वर, काठमाडौँको मुलगेट बाहिर सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने भन्दै विश्वास दिलाई अतिरिक्त रकम लिइ दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीसमेतको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।’

पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ०८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी