निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री « Khabarhub

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताएका छन् ।

सचिवालयबाट आज भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएको उल्लेख गर्दै मताधिकार सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरे ।

उनले भने, “निर्वाचन लोकतन्त्रको आधारशीला हो । वर्तमान सरकार कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी तोकिएको समयमा निर्वाचन गर्ने म्यान्डेट रहेको छ । यसैले सबैको मताधिकार सुनिश्चित गराउने मुख्य आधार भनेको मतदाता नामामवलीमा नाम दर्ता गराउने भएकाले नाम दर्ता गराउन अनुरोध छ ।”

उनले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाईन प्रणालीबाट र बाँकी सबैले निर्वाचन आयोगको कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने पनि जानकारी दिएका छन् । हाल मङ्सिर ५ गतेसम्म नाम दर्ता गराउने समय थप भएकाले यो अवसरबाट कोही पनि नछुट्न उनले सार्वजनिक अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : २६ बजे

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु

म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो

म्याग्दी – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १००

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं – बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु