एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ « Khabarhub

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै मतदानमा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ।

प्रेस चौतारीका पूर्वअध्यक्ष गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा भेटिएको छ ।

अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् । तर उनी आफैँ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ओली पक्षका उनी स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा थिए ।

अर्यालले ओली पक्षको सूचीमा नपरेपछि मतदानमै सहभागी नभई घर गएर सुतेको बताएका छन् ।

यता, महाधिवेशन प्रतिनिधि घनश्याम कोइरालाले पनि मतदान गर्न नपाएको स्वीकार गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ। बिहान पुग्दा ढिलो भयो। मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएँ। गल्ती भएकै हो । आत्मालोचित छु।’

उम्मेदवार र प्रतिनिधि दुवैको अनुपस्थितिले महाधिवेशनको मतदान प्रक्रियामा अनुशासन र समन्वयमाथि प्रश्न उठाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ८ : १५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं