एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ « Khabarhub

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै मतदानमा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ।

प्रेस चौतारीका पूर्वअध्यक्ष गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा भेटिएको छ ।

अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् । तर उनी आफैँ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ओली पक्षका उनी स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा थिए ।

अर्यालले ओली पक्षको सूचीमा नपरेपछि मतदानमै सहभागी नभई घर गएर सुतेको बताएका छन् ।

यता, महाधिवेशन प्रतिनिधि घनश्याम कोइरालाले पनि मतदान गर्न नपाएको स्वीकार गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ। बिहान पुग्दा ढिलो भयो। मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएँ। गल्ती भएकै हो । आत्मालोचित छु।’

उम्मेदवार र प्रतिनिधि दुवैको अनुपस्थितिले महाधिवेशनको मतदान प्रक्रियामा अनुशासन र समन्वयमाथि प्रश्न उठाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ८ : १५ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०