धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता « Khabarhub

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो ।

नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे । उनले नागरिकता प्राप्त गरेसँगै पहिलोपटक आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन थिए ।

नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए । नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

‘सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आएको तर बोल्न नसक्ने भएकाले उनलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिनुभयो’, खड्काले भने ।

बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तरार्द्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो । (रासस) 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : ०३ बजे

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना

डोपिङ सूचीमा भारत फेरि पहिलो

एजेन्सी – विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) ले लगातार तेस्रो वर्ष

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को