नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा « Khabarhub

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील र स्वतन्त्र तीन धारबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

बुधबार सम्पन्न उम्मेदवारी दर्तासँगै संघको चुनाव केवल पदको प्रतिस्पर्धा नभई वैचारिक र नेतृत्व शैलीको टकराबका रूपमा अगाडि बढेको छ ।

अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. बद्री रिजाल, प्रगतिशील समूहबाट डा. मंगल रावल तथा स्वतन्त्र प्यानलबाट डा. नारायण भुषाल मैदानमा उत्रिएका छन् । तीनै जनाले पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि चुनाव त्रिकोणात्मक बनेको हो ।

१९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ५२ जनाले उम्मेदवारी दिनुले संघभित्र नेतृत्वप्रति चासो र असन्तुष्टि दुवै रहेको संकेत गर्छ । यसपटकको चुनावमा सातै प्रदेशबाट उपाध्यक्ष तथा संयोजक उम्मेदवार रहेकाले प्रदेशीय मत निर्णायक हुने विश्लेषण गरिएको छ।

विशेषतः स्वतन्त्र प्यानलको सक्रिय उपस्थितिलाई दुई ठूला राजनीतिक धारका लागि चुनौतीका रूपमा हेरिएको छ । स्वास्थ्य सेवा, चिकित्सकको पेशागत सुरक्षा, निजी–सरकारी क्षेत्रको सन्तुलन र नीति निर्माणमा संघको भूमिकालाई लिएर मतदाताहरू स्पष्ट नेतृत्व खोजिरहेका छन् ।

डा. नारायण भुषाल

अबको निर्वाचनले नेपाल चिकित्सक संघको नेतृत्व मात्र होइन, देशको स्वास्थ्य प्रणालीमा चिकित्सकहरूको आवाज कस्तो हुने भन्ने दिशा पनि तय गर्ने अपेक्षा गरिएको छ ।

कुन प्यानलमा को को उम्मेद्वार छन् ? 

डा.बद्री रिजालको तर्फबाट वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दुवाडी रहेका छन् भने कोषाध्यक्षमा डा.संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा.तेजसु सिंह मल्ल रहेका छन् ।

प्रादेशिक संयोजकसमेत उपाध्यक्षमा कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा.सुवास भट्टराई, गण्डकीमा डा. नवराज लम्दारी, लुम्बिनीमा डा.नन्द गुरुङ र सुदूरपश्चिम: डा. प्रमोद जोशी रहेका छन् ।

डा. मंगल रावल

त्यसैगरी सदस्यहरूमा डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. हिमाल भण्डारी रहेका छन् ।

डा. मंगल रावल नेतृत्वको टिमका उम्मेदवारहरूमा वरिष्ठ उपाध्यक्षमा डा. किर्तीपाल सुवेदी र महासचिवमा डा.कालुसिंह खत्री रहेका छन् । कोषाध्यक्षमा डा.चाँदनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ रहेका छन् ।

प्रादेशिक संयोजकसमेत उपाध्यक्षमा कोशीमा डा. टंक बाराकोटी, मधेशमा डा. उदय नारायण सिंह, बागमतीमा डा.अरुण शाही, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा.सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्याल रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा डा.अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा.दीक्षा बोहरा र डा.पल्पसा श्रेष्ठ रहेका छन् । 

डा. बद्री रिजाल

डा. नारायण भुषालको टिममा वरिष्ठ उपाध्यक्षमा डा. अजयकुमार मिश्र, महासचिवमा डा.अमित भुषाल र सहसचिवमा डा. सन्तोष अधिकारीले उम्मेदवारी दिएका छन् । 

प्रादेशिक संयोजकसमेत उपाध्यक्षमा कोशीमा डा.हरिशंकर कार्की, मधेशमा डा. मोहम्मद आनामुल हक, बागमतीमा डा. एकानन्द सिंह, लुम्बिनीमा डा. लक्ष्मण शर्मा र कर्णालीमा डा.अनुप समाल रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा डा.विजयकुमार शाह, डा. शेषराज घिमिरे, डा.विनोदकुमार महाशेठ, डा. जीवन क्षेत्री, डा. भवानी शिल्पकार र डा. आरती शाह रहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : २५ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने