अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि « Khabarhub

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् ।

६६६ मत गनिसकेको अहिलेको अवस्थामा ओलीले ४८९ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १९४ मत ल्याएका छन् । ओली २९५ मतले अगाडि देखिएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलले ३६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३०२ मत ल्याएका छन् । यहाँ पोखरेलले ६२ मतको अग्रता बनाएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना सुरु भएको २ घण्टाभित्र सम्पूर्ण परिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान ९ बजे सुरु भएर बिहीबार बिहान साढे ६ बजे सकिएको मतदानमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा ३६ जना अनुपस्थित भए । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र महासचिवको परिणाम

अध्यक्ष

केपी शर्मा ओली–४८९

ईश्वर पोखरेल–१९४

महासचिव

शंकर पोखरेल–३६४

सुरेन्द्र पाण्डे- ३०२

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ४० बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका