अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि « Khabarhub

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् ।

६६६ मत गनिसकेको अहिलेको अवस्थामा ओलीले ४८९ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १९४ मत ल्याएका छन् । ओली २९५ मतले अगाडि देखिएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलले ३६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३०२ मत ल्याएका छन् । यहाँ पोखरेलले ६२ मतको अग्रता बनाएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना सुरु भएको २ घण्टाभित्र सम्पूर्ण परिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान ९ बजे सुरु भएर बिहीबार बिहान साढे ६ बजे सकिएको मतदानमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा ३६ जना अनुपस्थित भए । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र महासचिवको परिणाम

अध्यक्ष

केपी शर्मा ओली–४८९

ईश्वर पोखरेल–१९४

महासचिव

शंकर पोखरेल–३६४

सुरेन्द्र पाण्डे- ३०२

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ४० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका