निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल « Khabarhub

निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका छन् । 

बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगायत सबैसँग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले निर्वाचनलाई उत्सवका रुपमा नभई महोत्सवका रुपमा सम्पन्न गर्न सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा समेत सरकारले विशेष ध्यान दिएको बताए  ।

पछिल्लो तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको भन्दै उनले विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । 

मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली