दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया « Khabarhub

दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन अवस्थामा २०७७ सालमा देखिएको नेकपाको तनावका कारण नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा बसेका दुई नेताले फेरि पनि माया पाएका छन् ।

२०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका तीनजना पदाधिकारीमा निर्वाचित भएकामा यस पटक २ जना आउने पक्का भएको छ।

२०७८ मा भएको दशौँ महाधिवेशनको निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका थिए । तर यस पटक टोपबहादुर नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

यता एघारौँ महाधिवेशनमा उपाध्यक्षमा उठेका बादल र उपमहासचिवमा उठेका लेखराजले लोकप्रिय मत पाइरहेका छन् ।

११३९ मत गणना भइकेकोको अवस्थामा उपाध्यक्षतर्फ बादलले ७७४ मत पाएका छन् । उनले पृथ्वी सुब्बा गुरुङ र विष्णु पौडेलपछि तेस्रो लोकप्रिय मत पाएका छन् । गुरुङले ९०० र पौडेलले ८४६ मत पाएका छन् ।

उता उपमहासचिवमा पनि लेखराजलाई लोकप्रिय मत मिलेको छ । उनले तीन उपमहासचिवमा जित करिब पक्का गरेका छन् ।

उनले ११३९ मत गनेको अवस्थामा उपमहासचिवमा सबैभन्दा लोकप्रिय मत पाएका छन् । ताजा अवस्थामा उनी ७३४ मतसहित पहिलो स्थानमा छन् । उता योगेश भट्टराई ७०९ मत पाएका छन् । त्यसैगरी रघुवीर महासेठले ६८९ मत पाएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ०५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको