दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया « Khabarhub

दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन अवस्थामा २०७७ सालमा देखिएको नेकपाको तनावका कारण नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा बसेका दुई नेताले फेरि पनि माया पाएका छन् ।

२०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका तीनजना पदाधिकारीमा निर्वाचित भएकामा यस पटक २ जना आउने पक्का भएको छ।

२०७८ मा भएको दशौँ महाधिवेशनको निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका थिए । तर यस पटक टोपबहादुर नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

यता एघारौँ महाधिवेशनमा उपाध्यक्षमा उठेका बादल र उपमहासचिवमा उठेका लेखराजले लोकप्रिय मत पाइरहेका छन् ।

११३९ मत गणना भइकेकोको अवस्थामा उपाध्यक्षतर्फ बादलले ७७४ मत पाएका छन् । उनले पृथ्वी सुब्बा गुरुङ र विष्णु पौडेलपछि तेस्रो लोकप्रिय मत पाएका छन् । गुरुङले ९०० र पौडेलले ८४६ मत पाएका छन् ।

उता उपमहासचिवमा पनि लेखराजलाई लोकप्रिय मत मिलेको छ । उनले तीन उपमहासचिवमा जित करिब पक्का गरेका छन् ।

उनले ११३९ मत गनेको अवस्थामा उपमहासचिवमा सबैभन्दा लोकप्रिय मत पाएका छन् । ताजा अवस्थामा उनी ७३४ मतसहित पहिलो स्थानमा छन् । उता योगेश भट्टराई ७०९ मत पाएका छन् । त्यसैगरी रघुवीर महासेठले ६८९ मत पाएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ०५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं