कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग « Khabarhub

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र होइन, उम्मेदवारी दिने पूर्ण अधिकारसहितको महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने माग उठेको छ । 

नेपाल प्रेस युनियनले आयोजना गरेको बैठकमा लोकतन्त्रप्रति आस्थावान् पेशागत संघ–संस्थाका प्रतिनिधिहरूले कांग्रेसले यस्ता संस्थालाई नीति निर्माणमा उचित महत्त्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बैठकमा सहभागीहरूले कांग्रेसलाई नेपालको लोकतन्त्रको “च्याम्पियन” मानिए पनि व्यवहारमा पेशागत संघ–संस्थालाई ‘थिंक ट्यांक’ को रूपमा समावेश नगरेको आरोप लगाए । 

उनीहरूले पार्टीले यस्ता संस्थालाई सदैव शुभेच्छुक र मतदाता मात्र ठानेको तथा महाधिवेशनमा मतदानको अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गरेको प्रथा लोकतान्त्रिक नभएको तर्क गरे ।

“मतदानको अधिकार हुने तर उम्मेदवारीको अधिकार नहुने प्रावधानले कुनै अर्थ राख्दैन,’बैठकमा व्यक्त धारणामा भनिएको छ, ‘बरु यो प्रावधान अन्त्य गरेर पेशागत संघ–संस्थाको स्वतन्त्रता प्रवर्द्धन गर्नु उचित हुन्छ।’ सहभागीहरूले बुद्धिजीवीहरूको छुट्टै क्लस्टर व्यवस्था गरी केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि माग गरे।

यसै सन्दर्भमा आसन्न राष्ट्रिय सभा निर्वाचनलाई माध्यम बनाएर पेशागत संघ–संस्थाका प्रतिनिधिलाई उम्मेदवारीमा प्राथमिकता दिन कांग्रेसलाई आग्रह गरिएको छ । 

राष्ट्रिय सभा विज्ञहरूको सभा भएको स्मरण गर्दै पत्रकार, वकिल, डाक्टर, प्राध्यापक, इन्जिनियर र शिक्षकलाई राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा समेत उम्मेदवार बनाउन दबाब दिने निर्णय बैठकले गरेको छ।

बैठकपछि नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘कांग्रेसले पेशागत विज्ञहरूलाई राष्ट्रिय सभामा उचित प्राथमिकता दिनुपर्छ।’

बैठकमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष सिताराम केसी, प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्की, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का रविभूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष  जगत तिमिल्सिना र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीको सहभागिता थियो ।

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पेशागत संस्थाहरूको यो मागले पार्टीभित्र नयाँ छलफल सुरु हुने देखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ५५ बजे

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक