एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित « Khabarhub

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र विजयी भएकी छन् । एमालेबाट उपाध्यक्षमा विन्दा पाण्डे, सचिवमा रचना खड्का र पद्मा अर्यालले उम्मेदवारी दिएका थिए ।

ईश्वर पोखरेल प्यानलमा रहेका पाण्डे र खड्का पराजित हुँदा अर्याल भने सचिवमा निर्वाचित भएकी छन् । अर्यालले १५३० मत ल्याएर सचिव पदमा निर्वाचित हुँदा खड्काले ८७७ मत ल्याएकी छन् ।

पाँच जना उपाध्यक्षमा पाण्डेको मात्रै महिला उम्मेदवारी परेको थियो । पाण्डेको मत भने ९२१ छ । उम्मेदवारी दिएका अन्य १० जना पुरुषहरूमा उपाध्यक्षमा पाँच जना निर्वाचित भएका छन् जसमा ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्टले १३६८ मत ल्याएर निर्वाचित भए भने अन्य चार उम्मेदवार ओली प्यानलकै निर्वाचित भए ।

एमालेको दशौँ महाधिवेशनमा भने उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पदमा नै विजयी भएकी थिइन् । यो पटक भने एमाले पदाधिकारीमा एक जना महिला मात्रै समेटिएकी छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ३५ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०