एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित) « Khabarhub

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी शर्मा ओलीको प्यानलका विजयी भएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेशकुमार भट्टराई मात्रै ईश्वर पोखरेल प्यानलबाट आएका छन् ।

पदाधिकारीतर्फ एकजना मात्रै महिला पद्मा अर्याल सचिव पदमा विजयी भएकी छन् । उता ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विन्दा पाण्डे र सचिवमा रचना खड्का पराजित भएका छन् ।

सचिव पदमा निर्वाचित सबै ९ जना ओली प्यानलका रहेका छन् ।

अध्यक्ष (१ जना निर्वाचित)

जित
१. केपी शर्मा ओली-१६६३

हार
२. ईश्वर पोखरेल-५६४

उपाध्यक्ष (५ जना निर्वाचित)

जित (मतको उच्च क्रमअनुसार)
१. पृथ्वी सुब्बा गुरुङ-१७३७
२. विष्णुप्रसाद पौडेल-१६७५
३. रामबहादुर थापा ‘बादल’-१५१६
४. गोकर्णराज विष्ट-१३६८
५. रघुजी पन्त-१२५८

हार
६. गुरु प्रसाद बराल-११३७
७. विन्दा पाण्डे-९२१
८. पर्शुराम मेघी गुरुङ-४६१
९. अरुण नेपाल-४३९
१०. टंक प्रसाद कार्की-३५८
११. भीमप्रसाद आचार्य-२६५

महासचिव (१ जना निर्वाचित)

जित
१. शंकर पोख्रेल-१२२८

हार
२. सुरेन्द्र प्रसाद पाण्डे-९९९

उपमहासचिव (३ जना निर्वाचित)

जित (उच्च मतक्रम)
१. लेखराज भट्ट-१४५२
२. रघुवीर महासेठ-१३६८
३. योगेश भट्टराई-१३४८

हार
४. विष्णुप्रसाद रिमाल-१०९१
५. आनन्द प्रसाद पोख्रेल-६३५
६. वैजनाथ चौधरी-५१७
७. राजेन्द्रप्रसाद गौतम-२७०

सचिव (९ जना निर्वाचित)

जित (मतको क्रमअनुसार)
१. महेश बस्नेत-१५४४
२. पद्मा कुमारी अर्याल-१५३०
३. शेरधन राई-१५३०
४. छविलाल विश्वकर्मा-१५०६
५. हिक्मत कुमार कार्की-१३३७
६. खगराज अधिकारी-१३३१
७. यामलाल कँडेल-११८५
८. राजन भट्टराई-११८१
९. भानुभक्त ढकाल-११०८

हार
१०. गोकुल प्रसाद बास्कोटा-१०३०
११. ठाकुर प्रसाद गैरे-८८३
१२. रचना खड्का-८७७
१३. कर्णबहादुर थापा-८४७
१४. विनोदप्रसाद ढकाल-६८४
१५. कृष्ण गोपाल श्रेष्ठ-६२५
१६. अग्निप्रसाद खरेल-५१६
१७. लालबाबु पण्डित-४९६
१८. पेम्बा लामा-४९३
१९. पुरुषोतम पौडेल-४६२
२०. इन्द्रलाल साप्कोटा-४०५

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ०४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका