१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ « Khabarhub

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका छन् ।

बिहीबार सार्वजनिक एघारौँ महाधिवेशनको परिणामअनुसार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ १७२१ मतसहित विजयी भएका हुन् ।

अध्यक्षमा विजयी केपी शर्मा ओली समूहले उनको नाम खुला केन्द्रीय सदस्यमा समावेश गरेको थियो । बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय थिए ।

सुरुमा उनको नाम ओली समूहले केन्द्रीय सदस्यमा समावेश गरे पनि इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतसँगको विवादका कारण हटाइएको थियो।

अन्य अग्रज नेता हुँदा हुँदै केन्द्रीय सदस्यमा सुहाङको नाम राखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।

त्यसपछि  क्षेत्र नम्बर १ का पूर्व सांसद बस्नेत र दुईका पूर्व सांसद नेम्बाङ दुवैको नाम ओलीको प्यानलमा केन्द्रीय कमिटीमा थिएन  । 

तर चर्को आलोचना भएपछि ओलीले उनको नाम आफ्नो प्यानलमा समावेश गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ४२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका