कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे « Khabarhub

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका लागि नयाँ प्रस्थानबिन्दु हुने बताएका छन् ।  

बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै पार्टीलाई आगामी दिनमा बलियो रुपमा अघि बढाउन पार्टीको महाधिवेशन नयाँ प्रस्थान बिन्दु हुने बताएका हुन्।

उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै जनताको फ्रेस म्यान्डेड निर्वाचनमा होमिनुपर्ने बताए । त्यसका लागि पार्टीको नीतिमा पुनरावलोकन र संरचनामा सुधार गर्न विधान संशोधनको आवश्यकता रहेको उनले बताए ।

उनले समयमा नै महाधिवेशन र निर्वाचनका निम्ति सबैले दबाब दिनुपर्ने धारणा राखे । त्यस्तै नेता घिमिरेले आगामी दिनमा कांग्रेसका तर्फबाटको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प लिएको बताए । 

मधेशका जनतामाथि भएको विभेदलाई अन्त्य गर्न सरकारको नेतृत्वमा कांग्रेस नै हुनुपर्ने उनको भनाइ छ । उनले अन्य दलहरूले मधेशको नाममा राजनीति मात्र गरेको तर समस्या समाधानमा भने ध्यान दिन नसकेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ४६ बजे

शिक्षामा लगानी बढाउन आग्रह

काठमाडौं– अन्तर्राष्ट्रिय शिक्षक महासङ्घ (एजुकेसन इन्टरनेसनल) मा आबद्ध शिक्षक र

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी