केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल « Khabarhub

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको परिणामअनुसार उपमहासचिव पदमा पराजित विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि हारेको भेटिएको छ।

उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित केन्द्रीय सदस्य पदमा पनि विजयी हुन नसकेको भेटिएको छ।

रिमाल अध्यक्षमा तेस्रो पटक निर्वाचित ओलीका खास भित्रिया थिए । उनी ओली सत्तामा या बाहिर हुँदा निरन्तर ओलीको सचिवालयमा काम गरेका व्यक्ति हुन् ।

लामो समय ओलीका विश्वासपात्र उनलाई पदाधिकारी र केन्द्रीय सदस्यबाट पनि रिजेक्ट गरिदिएका हुन् । यसअघि नै प्रदीप ज्ञवाली पदाधिकारीबाट बाहिरिएको अवस्थामा रिमालको हारले ओलीलाई झट्का लागेको छ।

केन्द्री सदस्य पदमा रिमालले ६३० मत मात्रै पाएका छन् । उता उपमहासचिवमा रिमालले १०९१ मत ल्याएर चौथो भएका छन् ।

उता उपाध्यक्षमा उठेर हारेका गुरू बरालले केबल ७५४ मत केन्द्रीय सदस्यमा ल्याएका छन् । बराललाई यसअघि ओलीले तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उपाध्यक्षमा मनोनीत गरेका थिए ।

तर उनले ओलीको उक्त विश्वासको इज्जत राख्न सकेनन् । उनले उपाध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि हार भोग्नुपरेको छ। बरालले उपाध्यक्षमा ११३७ मत ल्याउँदै छैटौँ भए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  २ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली