काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन « Khabarhub

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकहुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालवाहक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरको ओभरलोडलगायतका विषयमा नियमन गर्ने चार बुँदे निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी तथा ट्राफिक व्यवस्थापनमासम्बन्धी सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहभित्र सञ्चालित नदीजन्य पदार्थ खानी तथा क्रसर उद्योग एवं हाल सञ्चालित आयोजनाका लागि निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) लोड गर्दा ओभरलोड गरेको र सिधैँ खोलाबाट पानी सहितको निर्माण सामग्री लोड गरी पक्की सडकमा पानी चुहाउँदै गुडेका कारणले सडक, सुरक्षा, ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएकाले अब उप्रान्त खानी सञ्चालक र टिपर व्यवसायीबाट ओभरलोड नगरी पानीसहितको निर्माण सामग्री ढुवानी नगर्ने-नगराउने व्यवस्था गर्ने निर्णय गरेको छ । 

यस्तै निर्माण सामग्री ओसारपसार गर्ने सवारी पासअनुमति लिएका केही टिपरले पासको दुरुपयोग गरी सम्बन्धित आयोजनारयोजनामा निर्माण सामग्री नलगी अन्यत्रसमेत लैजाने गरेका पाइएकाले सम्बन्धित आयोजनारयोजना प्रमुखले त्यस्तो दुरुपयोग नहुने व्यवस्था कडाइकासाथ मिलाउने निर्णयमा उल्लेख गरिएको छ । 

यसैगरी निर्णय कार्यान्वयनार्थ निर्माण सामग्री ढुवानी पास नलिएका टिपरका सम्बन्धमा टिपर व्यवसायी सङ्घमार्फत सम्बन्धित टिपर धनीलाई जानकारी गराउने र खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिद्वारा प्रभावकारी अनुगमन गर्नेरगराउने निर्णय भएको हो ।

बैठकमा आनी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख तथा सूर्यविनायक–साँगा, धुलिखेल–साँगा खण्ड निर्माण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । चार बुँदे निर्णयमा निर्णयानुसारको व्यवस्था नगरेमा प्रचलीत कानुन बमोजिम कारबाहीसमेत हुने भनिएको छ । 

टिपरलाई तोकिएका आयोजना बाहेकका निर्माण सामग्री ढुवानीका लागि काभ्रेमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन अनुमति दिइएको छ । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्