एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता « Khabarhub

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै मत ल्याएका छन्। उनले १७३७ मत प्राप्त गर्दै अध्यक्षसहित अन्य सबै पदाधिकारीलाई पछि पारेका छन्।

अध्यक्ष केपी शर्मा ओली १६६३ मतसहित तेस्रो स्थानमा रहँदा उपाध्यक्ष विष्णुप्रसाद पौडेल १६७५ मतसहित दोस्रो स्थानमा छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ १५१६ मतका साथ चौथो स्थानमा छन्।

उपमहासचिवतर्फ लेखराज भट्टले १४५२ मत ल्याएर बलियो उपस्थिति देखाएका छन्। रघुवीर महासेठ र गोकर्णराज विष्टले समान १३६८ मत प्राप्त गरेका छन्। महासचिव शंकर पोख्रेल १२२८ मतका साथ शीर्ष १० भित्र परेका छन्।

मत परिणामले पार्टीभित्र कुन नेतामा कति जनसमर्थन छ भन्ने चित्र स्पष्ट पारेको नेताहरूको टिप्पणी छ।

धेरै मत ल्याउने शीर्ष १० पदाधिकारी

१. पृथ्वी सुब्बा गुरुङ (उपाध्यक्ष) – १७३७
२. विष्णुप्रसाद पौडेल (उपाध्यक्ष) – १६७५
३. केपी शर्मा ओली (अध्यक्ष) – १६६३
४. रामबहादुर थापा ‘बादल’ (उपाध्यक्ष) – १५१६
५. लेखराज भट्ट (उपमहासचिव) – १४५२
६. रघुवीर महासेठ (उपमहासचिव) – १३६८
७. गोकर्णराज विष्ट (उपाध्यक्ष) – १३६८
८. योगेश भट्टराई (उपमहासचिव) – १३४८
९. शंकर पोख्रेल (महासचिव) – १२२८
१०. रघुजी पन्त (उपाध्यक्ष) – १२५८

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : १८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन