एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता « Khabarhub

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै मत ल्याएका छन्। उनले १७३७ मत प्राप्त गर्दै अध्यक्षसहित अन्य सबै पदाधिकारीलाई पछि पारेका छन्।

अध्यक्ष केपी शर्मा ओली १६६३ मतसहित तेस्रो स्थानमा रहँदा उपाध्यक्ष विष्णुप्रसाद पौडेल १६७५ मतसहित दोस्रो स्थानमा छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ १५१६ मतका साथ चौथो स्थानमा छन्।

उपमहासचिवतर्फ लेखराज भट्टले १४५२ मत ल्याएर बलियो उपस्थिति देखाएका छन्। रघुवीर महासेठ र गोकर्णराज विष्टले समान १३६८ मत प्राप्त गरेका छन्। महासचिव शंकर पोख्रेल १२२८ मतका साथ शीर्ष १० भित्र परेका छन्।

मत परिणामले पार्टीभित्र कुन नेतामा कति जनसमर्थन छ भन्ने चित्र स्पष्ट पारेको नेताहरूको टिप्पणी छ।

धेरै मत ल्याउने शीर्ष १० पदाधिकारी

१. पृथ्वी सुब्बा गुरुङ (उपाध्यक्ष) – १७३७
२. विष्णुप्रसाद पौडेल (उपाध्यक्ष) – १६७५
३. केपी शर्मा ओली (अध्यक्ष) – १६६३
४. रामबहादुर थापा ‘बादल’ (उपाध्यक्ष) – १५१६
५. लेखराज भट्ट (उपमहासचिव) – १४५२
६. रघुवीर महासेठ (उपमहासचिव) – १३६८
७. गोकर्णराज विष्ट (उपाध्यक्ष) – १३६८
८. योगेश भट्टराई (उपमहासचिव) – १३४८
९. शंकर पोख्रेल (महासचिव) – १२२८
१०. रघुजी पन्त (उपाध्यक्ष) – १२५८

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : १८ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध