भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन « Khabarhub

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको नयाँ विद्यालय भवन बिहीबार उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा उक्त भवन उद्घाटन गरेका हुन् ।

विद्यालय भवन तथा अन्य सहयोगी संरचनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ । उक्त परियोजनाको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत् गरिएको हो ।

सन् १९६२ मा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ ।

नयाँ पूर्वाधार निर्माणसँगै विद्यालयको भौतिक अवस्था सुदृढ हुने र सिकाइ वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।

कार्यक्रमका क्रममा चिचिला गाउँपालिका, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन् ।

उनीहरूले नयाँ भवनले यस क्षेत्रको शिक्षा प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । नजिकका छिमेकी राष्ट्र भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्य जारी छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ३५ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा