वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री « Khabarhub

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् । 

२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताएका हुन् । मन्त्रालय मातहत रहने टाक्स फोर्समा सिआइबी, अपराध महाशाखालगायतलाई सहभागी गराएर काम गर्ने उनले बताए ।

उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न व्यवसायीहरू नै अग्रसर हुनुपर्नेमा जोड दिए । जेन-जी आन्दोलनपछि अव सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो विस्फोट हुनसक्नेतर्फ सबै सजक हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको विकल्प नभएको धारणा राखे ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर  १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ । 

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइमेद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदनअनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । नेपालमा कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ४ : १२ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित